२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

मधेश प्रदेशका सांसदले लिए शपथ, माओवादीका २ सांसदको रोकियो

१५ पुस, जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मधेश प्रदेशका नवनिर्वाचित १०४ सांसदले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनीहरुलाई ज्येष्ठ सदस्य गोबिन्द न्यौपानेले शपथ ग्रहण गराएका हुन् ।

नेकपा माओवादी केन्द्रका २ सांसदले भने शपथ लिन पाएनन् । माओवादी केन्द्रका रजिहैदर र माला कर्णले सपथ लिन नपाएका हुन् । अदालतको आदेशका कारण कर्ण र हैदरले आज शपथग्रहण लिन नपाएको प्रदेशसभा सचिवालयले जनाएकाे छ।

प्रकाशित मिति : १५ पुष २०७९, शुक्रबार १५:४९