२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

‘केपी ओलीको बोली वेद र गाली कानुन’

१५ पस, काठमाडौँ । पछिल्लो एक दशक यता नेपाली राजनीतिको केन्द्रमा छन एमाले अध्यक्ष केपी शर्मा ओली । ओलीका यो बीचमा ओलीका शुभेच्छुक र समर्थक पनि ह्वात्तै बढेको छ । तर कतिपयले भने ओलीको आलोचना पनि गर्ने गरेका छन ।

पछिल्लो समय ओली कार्यकर्ता र शुभेच्छुकका चर्चित बा पनि हुन । ओलीले बाको नाममा प्रशंशा पाएको आपत्ति जनाउँदै उनको समकालीन नेता माधवकुमार नेपालले संसदको रोष्ट्रममै उभिएर रोदन पनि गरेका थिए । त्यसपछि झन ओलीको समर्थनमा ‘आइ लभ यू केपी बा’ र ‘वी लभ यू केपी बा’को चर्को नाराहरू लाग्ने गरेका छन ।

जे होस ओलीका नाममा धेरैले धेरै विशेष झुण्ड्याएर प्रशंशा गर्ने र चर्चा गरेका छन । अझ कतिपयले त राजनेता भनेर टिप्पणी समेत गर्ने गरेका छन । यही बीचमा एमालेबाट समानुपातिक निर्वाचन प्रणालीमा सांसदमा विजयी भएका चर्चित लेखक दयालबहादुर शाहीले ओलीको बोली वेद र गाली कानुन भएको टिप्पणी गरेका छन ।

सांसदको सपथ समेत लिइसकेका शाहीले बिहीबार बिहान सामाजिक सञ्जालमा टिप्पणी गर्दै ओलीको बारेमा भनेका छन, ‘ओलीको बोली वेद हो, गाली कानुन हो । उहाँको छाता ओढेर मलाई नहेप,मलाई नरोक भन्ने हो । म कति सजिलो पार्छु, केपी कमरेडलाई सोध । म कति गाह्रो पार्छु,माधव र झलनाथलाई सोध ।’

प्रकाशित मिति : १५ पुष २०७९, शुक्रबार १५:३९