नेपाल राष्ट्र बैंकद्वारा दुई प्रतिवेदन सार्वजनिक
७ असोज,काठमाडौँ । नेपाल राष्ट्र बैंकले थोक मूल्य सर्वेक्षण तथा सङ्घीय संरचनामा लघुविद्युत् सेवाको पहुँच तथा संरचनासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
काठमाडौँमा आज आयोजित एक कार्यक्रममा केन्द्रीय बैंकका गभर्नर चिरञ्जीवी नेपालले ती प्रतिवेदन सार्वजनिक गर्दै देशका ७५३ स्थानीय निकायमध्ये ६६६ स्थानमा वित्तीय सेवा पु¥याइएको जानकारी दिनुभयो ।
यसअघि राष्ट्र बैंकले आव २०५६÷५७ मा थोक मूल्य सर्वेक्षण गरेको थियो ।
प्रकाशित मिति : ७ आश्विन २०७५, आईतवार १६:५८