२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

जावलाखेल ग्रुपले नेपाली बजारमा ल्यायाे नयाँ प्रिमियम ह्वीस्की “काला पथर”

१५ पुस, काठमाडाैं । नेपालको हार्ड ड्रिङ्क्स र बियरको मार्केट लिडर मध्ये एक, जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजले विगत कयौं वर्षदेखि आफ्ना उत्कृष्ट उत्पादनहरुले धेरैको मन जित्दै आएको छ ।

आफ्ना उपभोक्ताको लागि नयाँ उत्पादन ल्याउन क्रममा जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजले प्रिमियम क्याटेगरीमा उत्कृष्ट स्वाद र विश्व–स्तरीय गुणस्तरको प्रिमियम ह्वीस्की ब्राण्ड “काला पथर” ल्याएको छ ।

काला पथर एउटा ब्लेन्डेड रिसर्व व्हिस्क्य हो, जुन हिमालयको प्राचीन हिमनदीको पानीका साथ स्कटल्याण्डबाट दुई फरक शेरी र ओक कास्कमा तयार पारिएको छ । काला पथरमा सोफिस्टीकेटेड रिच एण्ड स्मुथ फिनिस भएकोले यसलाई सजिलै आनन्दका साथ पिउन सकिन्छ ।

वाल्र्ड अर्चर्ड पू्रmट र टफिको क्रीमी स्वीटनेस, सिटरस पिल, भेनिला र जाडोमा न्यानो दिने मसलाहरुको सन्तुलित मिश्रणले यसलाई शानदार स्वाद दिन्छ । काला पथरको मजा वरफको साथ वा सिधै लिन सकिन्छ ।

काला पथर घुमाएर सजिलै खोल्न मिल्ने क्याप भएको क्लीयर प्रिमियम बोटलमा ७५० एमएल, १८० एमएल र ९० एमएलमा बजारमा उपलब्ध छ ।

प्रकाशित मिति : १५ पुष २०७९, शुक्रबार १३:०२