२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

प्रधानमन्त्री प्रचण्डद्वारा भारतीय प्रम मोदीको आमाको निधनप्रति दुःख व्यक्त

१५ पुस, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीकी ममतामयी माता हिराबा मोदीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले एक शोक सन्देशमार्फत् प्रधानमन्त्री दाहालले यस दुःखको यस घडीमा प्रधानमन्त्री मोदी र उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।

साथै प्रधानमन्त्री दाहालले दिवङ्गत हिराबाको आत्माको चिर शान्तिको कामना गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीका आमा हिराबाको आज सय वर्षको उमेरमा निधन भएको हो ।

प्रकाशित मिति : १५ पुष २०७९, शुक्रबार ११:२०