१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

सरकारले नेताको दैलो चाहर्ने र विदेशीलाई सूचना बेच्ने प्रहरीमाथि धमाधाम कारबाही गर्ने

१४ पुस, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दलका नेताहरूको दैलो चाहर्ने र विदेशीलाई सूचना बेच्ने प्रहरी अधिकृतमाथि कारबाही गर्ने भएका छन । उनले त्यसका लागि पहिलो चरणमा गृह मन्त्रालयको जानकारीबिना नेताको घरमा नजान र विदेशीसँग नभेट्न निर्देशन जारी गरेका छन ।

प्राय प्रहरीका उच्च अधिकृतहरू कुनै कुनै विदेशी दूतावासको सम्पर्कमा रहने उनीहरूसँग अनधिकृत रूपमा भेटवार्ता गर्ने गरिरहेका हुन्छन भने केही बाहेका प्रहरी अधिकृतहरू दैनिकजसो कुनै न कुनै नेताको दैलो चाहर्ने र आफ्नो दुनो सोझ्याउने काममा लागिरहेका हुन्छन ।

यस्तोक्रम व्यपक रूपमा बढेको सूचनापछि गृहमन्त्री लामिछानेको निर्देशनमा मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले विज्ञप्ति नै प्रकाशन गरेर अनुशासनमा नबस्ने प्रहरी अधिकारीमाथि कारबाही गर्ने चेतावनी दिएका छन । विज्ञप्तिमा प्रहरी अधिकृतहरूलाई आफूखुसी दलका नेताहरु र राजदूतलाई नभेट्न निर्देशन दिएको छ ।

विज्ञप्तिमा सुरक्षा निकायका पदाधिकारीहरुलाई मन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै राजनीतिक नेतृत्व र कुटनीतिक नियोगहरुमा भेटघाट गर्न निर्देशन दिँदै विभागीय स्वीकृति बिना नेता र कुटनीतिक नियोगहरुमा भेटघाट गरे कारबाही गर्ने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार १३:१६