२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु

१४ पुस, काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागीता रहेकाे छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिन विभिन्न रानजीतिक दलसँगको छलफललाई तीव्र पारेका छन् । उनले बुधबार एमाले अध्यक्ष ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजावादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार १०:०१