८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

छुट्ला है ! ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

१४ पुस, काठमाडाैं । विभिन्न ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको । आरएसडिसी लघुवित्त, कालिका पावर, युनाईटेड इन्स्योरेन्स, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, सेन्ट्रल फाइनान्स र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि आरएसडीसी लघुवित्तले भोलि पुस १५ गते शुक्रबार र बाँकी ५ कम्पनीले पुस १७ गते आइतबार बुक क्लोज गर्दैछन्। त्यसैले आजसम्म कायम सेयरधनीहरुले मात्र यी कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।

१) आरएसडिसी लघुवित्त

आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । प्रस्तावित लाभांश अनुमोदन गर्न संस्थाले पुस २९ गते रुपन्देहीको बुटवलस्थित एसियन होटेलमा बिहान ९ बजे वार्षिक साधारणसभा बाेलाएकाे छ ।

२) फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षकाे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले दशाैँ वार्षिक साधारण सभा पुस ३० गते, शनिबार, दिनेश चाैधरी स्मृति प्रतिष्ठानकाे सभाहल, दुहवी, सुनसरीमा दिउँसाे १ बजेदेखि बाेलाएकाे छ ।

३) कालिका पावर

कालिका पावरले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशतबोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्दैछ । कम्पनीले लाभांश प्रस्तावसहित पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कालिकाको रजिर्ष्टड कार्यालय भरतपुर १०, चितवनमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

४) युनाईटेड इन्स्योरेन्स

युनाईटेड इन्स्योरेन्सले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्दैछ । इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न पुस २७ गते साधारण सभा बोलाएको छ । सभा अनमोल ब्यांक्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

५) सेन्ट्रल फाइनान्स 

सेन्ट्रल फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । फाइनान्सले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा सेन्ट्रलको केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुरमा बिहान १० बजे सुरु हुनेछ ।

६) फर्स्ट माइक्रोफाइनान्स

फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । माइक्रोफाइनान्सले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांकेट, भाटभटेनी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार ०९:५६