२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

१४ पुस, काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन बैठक बिहीबार दिउँसो बस्ने गरी बोलाएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रालय बाँडफाँड लगायतका विषयमा छलफल हुने जनाइएकाे छ ।

गत पुस १० गते ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। प्रचण्ड प्रधानमन्त्री नियुक्त भए पनि अहिलेसम्म मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । अहिलेसम्म एमालेबाट ४ माओवादीबाट १ र स्वतन्त्र पार्टीबाट एक जना मन्त्री नियुक्त भएका छन् ।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार ०९:३९