२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

उद्योग तथा व्यवसायी महासंघले वर्तमान समस्या निराकरणका लागि अर्थमन्त्रीलाई सहयोग गर्ने

१३ पुस, काठमाडाैँ । नेपाल उद्योग तथा व्यवसायी महासंघले नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटर बधाई तथा शुभकामना दिएको छ । महासंघका अध्यक्ष तथा संघीय सांसद एलपी सावाँ लिम्बुको नेतृत्वमा गएको महासंघ प्रतिनिधि मण्डलले नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री पौडेललाई भेटेर बधाई तथा सफलताको शुभकामना दिएको हो ।

भेटमा अध्यक्ष लिम्बुले नेकपा एमालेले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारालाई पुरा गर्ने जिम्मेवारी रहेको र त्यसका लागि आफुहरु जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । साथै अहिले मुलुक गम्भिर अवस्थामा रहेको भन्दै यसको समाधान गर्न महासंघको कस्तो आवश्यकता पर्छ त्यसका लागि समेत आफुहरुलाई सम्झन अध्यक्ष लिम्बुले अर्थमन्त्रीलाई अनुरोध गरेका छन् ।

भेटमा अर्थमन्त्री पौडेलले प्रतिकुलतासँगै सम्भावना पनि उत्तिकै रहेकाले अहिलेको समस्या समाधान गर्न आफु तयार रहेको बताए । भेटमा महासंघका तर्फबाट उपाध्यक्ष सिएन पाण्डेसहितका पदाधिकारीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार २१:०१