२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

एमालेसहितको सरकारमा सहभागी हुने राप्रपाको निर्णय, साझा कार्यक्रमपछि मन्त्री पठाउने

१३ पुस, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेकपा (एमाले)सहितको सरकारमा सहभागी हुने निर्णय गरेको छ । राप्रपाले मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि देशका केही स्थानमा एमालेसँगै तालमेल गरेको थियो ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सशर्त रुपमा सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले भने ‘सरकारलाई समर्थन गरेका राजनीतिक दलकाबीच न्यूनतम साझा कार्यक्रम तय गरेर सहमति भएपछि मात्रै सरकारमा सहभागी हुने निर्णय भएको छ।’ हाल राप्रपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएको छ । पहिलो किस्ताको मन्त्रिपरिषद् विस्तारमा राप्रपाले सहभागिता जनाएन ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार २०:३८