८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

बुधबार नबिल बैंकसहित यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार

१३ पुस, काठमाडौं । साताको चौथो काराेबारकाे दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । नयाँ सरकार गठन भएसँगै दुई दिन उच्च अंकले बढेको सेयर बजार बुधबार सामान्य अंकले घटेकाे हाे ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.८१ अंकले घटेर १९७२.१५ विन्दुमा बन्द भएकाे छ । आज सूचीकृत २५७ कम्पनीको ६५ लाख ३० हजार ४१५ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँको कारोबार भएको छ ।

बुधबार नबिल बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर ८ करोड ८५ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, रिडी पावरको ८ करोड ४ लाख, अपर तामाकोशीको ७ करोड ८४ लाख, हिमालयन डिष्टिलरीको ७ करोड २४ लाख र प्राइम कमर्सियल बैंकको ५ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १५:१५