३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

बालकोटको बार्दलीपछि खुमलटारको काैशीमा ओली र प्रचण्ड संवाद (फोटोफिचर)

१३ पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओली दुई वर्षपछि प्रचण्ड निवास पुगेका छन । प्रचण्ड निवास खुमलटारमा ओली पुग्नेपछि त्यहाँ उनको छोरी गंगाले स्वागत गरेकी थिइन । सधैँजसो बन्द कोठामा संवाद गर्ने दुई नेता बुधबार भने सुन्तला अघि राखेर काैशीमा सांवाद गरिरहेका छन ।

दुई नेताको संवादमा विहानको माधव नेपालसहितको भेटको समिक्षा भैरहेको छ । नेपाललाई पनि उद्धार गरेर सत्तारूढको बाटोमा ल्याउने तयारी रहेको छ। यसअघि नेकपाको नयाँ नाम जुर्न नसकेपछि ओली प्रचण्ड निवासमा पुगेका थिएनन् ।

अहिले प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली पहिलो पटक खुमलटार पुगेका हुन । ओली र प्रचण्डको भेटपछि त्यही माधवकुमार नेपालसँग त्रिपक्षीय भेटवार्ता हुने सम्भावना पनि रहेको छ ।

(नोटः यसअघि खुमलाटर हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ । सम्पादक)

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १२:१३