१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

आरआरमा अनेरास्ववियुका नेतामाथि खुकुरी हान्ने चार जना पक्राउ

१३ पुस, काठमाडाैँ । काठमाडाैँको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुका नेतासहित चार जनामाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ परेका छन ।

प्रहरीले खुकुरी हान्ने काममा संलग्न भएको भन्दै कृष्ण गिरि,  झलक तामाङ, द्रुतराज लामा र सविन निरौलालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरू सोही क्याम्पसका विद्यार्थी हुन कि होइनन भन्ने केही खुलेको छैन ।

खुकुरी प्रहारबाट अनेरास्ववियुको क्याम्पस कमिटीका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश खड्का र अन्य दुइ विद्यार्थी माथि खुकुरी प्रहार भएको अनेरास्ववियुका नेता साैगातशेन ढकालले दैनिकीलाई जानकारी दिए ।

क्याम्पस हातामा प्रवेश गरी विद्यार्थी माथि खुकुरी हान्नु गलत भएको भन्दै स्ववियु सभापति समेत रहेका अनेरास्ववियुका सचिव तपेन्द्रजंग शाहीले दोषीमाथि कडा कारबाहीको माग गरेका छन ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार ११:२८