१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

आरआर क्याम्पसमा अनेरास्ववियुका नेता मदन भण्डारी लगायतमाथि खुकुरी प्रहार

१३ पुस, काठमाडाैँ । काठमाडाैँको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुका नेतासहित चार जनामाथि खुकुरी प्रहार भएको छ । बुधबार बिहान क्याम्पसमै प्रवेश गरी काभ्रेका केही युवाले भण्डारीसहितको समूह माथि खुकुरी प्रहार गरेकाे हो ।

खुकुरी प्रहारबाट अनेरास्ववियुको क्याम्पस कमिटीका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश खड्का र अन्य दुइ विद्यार्थी माथि खुकुरी प्रहार भएको अनेरास्ववियुका नेता साैगातशेन ढकालले दैनिकीलाई जानकारी दिए । खुकुरी प्रहारबाट घाइते रहेका विद्यार्थी नेताको अहिले उपचार भैरहेको छ ।

उनीहरूको अवस्था खतरामुक्त रहेको छ । खुकुरी हान्ने समूह पनि नेकपा एमाले निकटकै रहेको बुझिएको छ । खुकुरी हान्ने समूहका एक स्थानीय तहको जनप्रतिनिधि समेत रहेको बुझिएको छ । यद्यपी उनीहरूको पहिचान भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार ११:०८