१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

युनियन लाइफ इन्स्योरेन्सले घोषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

१३ पुस, काठमाडाैं । युनियन लाइफ इन्स्योरेन्सले लाभांश घाेषणा गरेकाे छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे ।

पुस १२ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सेयरधनीकाे लागि हाल कायम चुक्ता पूँजीको ८.३५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४५५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १०:५६