४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनकाे कति ?
१३ पुस, काठमाडाैं । ४ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । मितेरी डेभलपमेन्ट बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल बैंक र प्राईम कमर्सियल बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम हाे ।
कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १४ गते बुकक्लोज गर्ने निर्णय गरेका थिए । त्यसैले, आज पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
१) मितेरी डेभलपमेन्ट बैंक
मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १४ गते बुकक्लोज गर्ने निर्णय गरेका छ । त्यसैले, आज पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
१७ औँ वार्षिक साधारण सभा पाैष २७ गते, बुधबार सुनसरी उद्याेग वाणिज्य संघ, धरान १, सुनसरीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२.३५ प्रतिशत बाेनस सेयर र ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
२) नेपाल बैंक
नेपाल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १४ गते बुकक्लोज गर्ने निर्णय गरेका छ । बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई २ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि समेत गरी १० प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।
३) प्राईम कमर्सियल बैंक
नेपाल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ४ प्रतिशत बोनश सेयर र कर प्रयोजका लागिसमेत गरी ४.९५ प्रतिशत नगद लाभांश गरी कुल ८.९५ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव गरेको हो ।
४) हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २६ गते एघाराैँ वार्षिक साधारण सभा बाेलाएकाे छ । सभा अर्पण ब्याङ्क्वेट, थापागाउँ, नयाँ बानेश्वर, काठमाडाैँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।
सभामा आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.२६३ नगद गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रकाशित मिति : १३ पुष २०७९, बुधबार ०९:४२












