२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित, संसद् बैठकमा सहभागि हुन नपाउने

१२ पुस, काठमाडौं । भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेका नेपाली कांग्रेसका सांसद टेक प्रसाद गुरुङले प्रतिनिधिसभा बैठकमा सहभागि हुन नपाउने भएका छन् । संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी गुरुङविरुद्ध भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले स्वतः निलम्बनमा रहेको जानकारी दिएको छ ।

मनाङबाट निर्वाचित सांसद गुरुङ पुस ८ गतेदेखि स्वतः निलम्बन भएको संसद सचिवालयले जनाएको छ । यसअघि गुरुङले प्रतिनिधिसभा सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ भने लिएका थिए ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार १७:०९