२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त

१२ पुस, काठमाडौं । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरेललाई महान्यायाधिवक्ता सिफारिस गरेका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पोखरेललाई महान्यायाधिवक्ता नियुक्त गरेपछि आजै  शपथ ग्रहण गराउने तयारी छ । सर्वोच्च अदालतको न्यायाधीशको दाबेदार रहेका पोखरेल लामो समयदेखि माओवादी केन्द्र निकट छन् ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार १२:४८