२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

सरकार र जनता विचको पुल बन्ने छुः राजीव बिक्रम शाह

१२ पुस, सुर्खेत । कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित राजीव बिक्रम शाहले सपथ लिए लगत्तै कर्णालीबासी सामु सरकार र जनता बिचको पुल बन्ने प्रतिज्ञा गरेका छन् ।

सामाजिक संजाल मार्फत शाहाले ७ प्रतिज्ञा गरेका छन् । उनले भ्रष्टाचार विरुद्ध उत्रने उद्घोष गरेका छन् । `भ्रष्टाचार गर्दिन , यसका विरुद्ध सदनमा आवाज उठाउछु´ ।

`गरिबी,बेरोजगारी, भ्रष्टाचार ,अशिक्षा र कुपोषण जस्ता समस्या बाट ग्रस्त कर्णालीका जनतालाई सूखी,उन्नत र समृद्ध जीवन जिउने कुराको लागि जिम्मेवारीपूर्वक लाग्नेछु´ पहिलो प्रतिज्ञामा भनेका छन् ।

शाह कर्णाली प्रदेशमा स्वच्छ र लोकप्रिय नेताको छवि बनाउन सफल भएका छन् । झाडापखाला महामारी फैलिएको समय होस् वा कोभिडको संक्रमणको अवस्थामा राजीवले कर्णालीका जनतालाई सेवा गरेका छन् । उनले दुर्घटनामा परेका परिवारलाई समेत राहत लगाउने गर्दै आएका छन् ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहेका शाह २०७० सालमा संविधानसभा सदस्य थिए । कर्णालीको मुख्यमन्त्रीमा दावी गर्दै आएका शाहलाई संसदीय दलको नेतामा ब्याक गराएपछि काङ्ग्रेस नेतृत्वको चर्को आलोचना भैरहेको छ ।

नेपाली काँग्रेस पार्टीभित्र अनुशासित एवं समाजसेवी छाप छोड्न सफल नेता राजीवविक्रम शाह जाजरकोट प्रदेश सभा (१) मा १६ हजार ४० मत प्राप्त गरी निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार ११:४०