विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त भएसँगै सेयर बजारमा उछाल, प्रि ओपन सेसनमै ४.७२ अंकले बढ्यो
१२ पुस, काठमाडाैं । साताको दोस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत सोमबार ५६.८८ अंक बढेर १९२४.०९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.७२ अंकले बढेर १९२८.८१ विन्दुमा पुगेकाे छ।
मंगलबार प्रि ओपन सेसनमा ४१ स्टकको ३५ लाख २८ हजार ३९९ रुपैयाँ ६० पैसा बराबरको ९ हजार ८७२ कित्ता सेयर खरिदबिक्री भएको छ।
सुरुवाती चरणमा नै सिद्धार्थ बैंक र हिमालय डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भइरहेको छ । साथै, स्वाबलम्बन लघुवित्त वित्तिय संस्था, गरिमा विकास बैंक, रसुवागढी जलविद्युत् कम्पनी र अधिखोला लघुवित्त बित्तिया संस्थाको २ प्रतिशतले मूल्य वुद्धि भएको छ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त भएसँगै सेयर बजारमा उछाल आएको हाे । केहि दिन यता निरन्तर ओरालो लागेकाे सेयर बजार हिजाे पौडेल अर्थमन्त्रीमा नियुक्त भएसँगै लगानीकर्ता उत्साहित बनेका छन् । पौडेल अर्थमन्त्री बनेपछि लगानीकर्तामा आत्मविश्वास बढेको अहिलेको सेयर बजारले देखाउँछ ।
प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार ११:०९












