२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

एमालेबाट सरकारमा सहभागी चार मन्त्रीलाई अध्यक्ष ओलीले दिए बधाई

१२ पुस, काठमडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका एक उपप्रधानसहित अर्थमन्त्री र तीन विनाविभागीय मन्त्रीलाई निवासमै बोलाएर बधाई दिएका छन ।

सोमबार साँझ पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमालेका तर्फबाट सरकारको नेतृत्व गरेका पार्टी उपाध्यक्ष तथा उपप्रधान र अर्थमन्त्री विष्णु पौडेल, विनाविभागिय मन्त्रीहरू राजेन्द्रकुमार राई, ज्वालाकुमारी साह र दामोदर भण्डारीलाई बालोकोटको निवासमै बोलाएर बधाई दिएका हुन ।

सोक्रममा अध्यक्ष ओलीले नवनियुक्त मन्त्रीहरूलाई बधाईका साथ इमान्दार भएर प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका थिए । मन्त्रीहरूले भने अवसरका लागि आभार प्रकट गरेका थिए ।

 

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार १०:११