सूर्यज्योति लाइफको सीईओमा प्रकाशविक्रम खत्री नियुक्त
१२ पुस, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाशविक्रम खत्री नियुक्त भएका छन् । पुस ७ गते बसेको कम्पनी संचालक समितिको बैठकले खत्रीलाई सीईओमा नियुक्त गरेको हो ।
मर्जरअघि खत्री ज्योती लाइफ इन्स्योरेन्सको सीईओ थिए । नेपाल बीमा प्राधिकरणले उनको नियुक्तिसम्वन्धी सञ्चालक समितिको निर्णयलाई पुस ८ गत नै स्वीकृति दिए पनि ढिलो गरी सार्वजनिक गरिएको हो । खत्री आगामी ४ वर्षका लागि सीईओमा नियुक्त भएका हुन् ।
प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार ०९:५५