७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

१२ पुस, काठमाडाैं  ।  विभिन्न ५ कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज पुस १२ गते मंगलबार अन्तिम दिन रहेकाे छ । आज सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, लुम्बिनी विकास बैंक, बिन्ध्यबासिनी हाइड्रोपावर र राधी विद्युत् कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हाे । यी ५ वटै कम्पनीहरुले लाभांश तथा साधारणसभा प्रयोजनार्थ भोलि पुस १३ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । यसर्थ आजसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् । ।

१) लुम्बिनी विकास बैंक

लुम्बिनि विकास बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले सभा तथा लाभांश प्रयोजनार्थ पुस १३ गते बुक क्लोज गर्दैछ ।  त्यसैले आज पुस १२ गतेसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोवार भई कायम सेयरधनीहरुले मात्र लाभांश सभामा सहभागि हुन सक्नेछन् ।

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयधनीकाे लागि ३ प्रतिशत बोनश सेयर र ९ प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरको छ । बैंकको पन्ध्रौं वार्षिक साधारण सभा पुस २६ गते ११ बजे काठमाडौँको कालिकास्थानमा रहेको अमृतभोग पार्टी प्यालेसमा बस्ने छ।

२) सिद्धार्थ बैंक

सिद्धार्थ बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले सभा तथा लाभांश प्रयोजनार्थ पुस १३ गते बुक क्लोज गर्दैछ ।  त्यसैले आज पुस १२ गतेसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोवार भई कायम सेयरधनीहरुले मात्र लाभांश सभामा सहभागि हुन सक्नेछन् ।

कम्पनीकाे २१ औँ वार्षिक साधारण सभा पुस २८ गते, बिहीबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुने छ । सभाले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद लाभांश गरी कुल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

३) नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले सभा तथा लाभांश प्रयोजनार्थ पुस १३ गते बुक क्लोज गर्दैछ ।  त्यसैले आज पुस १२ गतेसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोवार भई कायम सेयरधनीहरुले मात्र लाभांश सभामा सहभागि हुन सक्नेछन् ।

कम्पनीकाे २९ औँ वार्षिक साधारणसभा पुस २५ गते बिहान ११ बजेदेखि त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौमा सुरू हुने छ । सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३ प्रतिशत बोनश सेयर र ७.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभा)श वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

४) बिन्ध्यबासिनी हाइड्रोपावर

बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले लाभांश सहित अन्य प्रस्तावहरु पारित गर्न पुस २२ गते बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको छैठौ बार्षिक साधारणसभा कम्पनीको केन्द्रिय कार्यलय बानेश्वर काठमांडौमा बिहान १० बजेदेखि सुरु हुनेछ भने सभामा सेयरधनीहरु भर्चुअल माध्यामबाट समेत सहभागी हुन सक्नेछन् ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

५) राधी विद्युत कम्पनी

राधी विद्युत कम्पनीकाे बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले हाल कायम चुक्तापूँजीको ४ .७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि 0.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितको लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको कार्यालय त्रिपुरेश्वरमा बिहान ११ बजे शुरू हुने छ ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार ०९:३८