२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

गठबन्धनका नाममा कैयन कांग्रेसजनको राजनीतिक हत्या भएको बिर्सिन सकिदैनः डा शेखर कोइराला

१२ पुस, काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको बताएका छन । नेता कोइरालाले सोमबार एक विज्ञप्ति जारी गरी सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको भन्दै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई निराश नहुन आग्रह गरेका छन । “सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन, हामी थप सशक्त भएर कांग्रेस सशक्तिकरणको अभियानमा जुट्न दृढ सङ्कल्प गछौँ,” उनले भनेका छन ।

उनले गठबन्धनका नाममा कैयन कांग्रेसजनको राजनीतिक हत्या भएको बिर्सिन नकसिने बताएका छन । नेता डा कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्तारोहण अपेक्षित नभए पनि बहुमत जुटाएर प्रधानमन्त्री बनेको भन्दै बधाई पनि दिएका छन । उनले संसद्को तेस्रो शक्ति भए पनि माओवादीले सरकारको नेतृत्व गर्ने अवस्था आउनुलाई अराजनीतिकको संज्ञा दिएका छन । “संसद्बाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन”, नेता कोइरालाले भनेका छन ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार ०८:३२