२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

सरकारभित्रै प्रतिपक्षी बन्ने घोषणा गरेका गृहमन्त्री रवि लामिछानेले अस्वीकार गरे सरकारको प्रवक्ता

११ पुस, काठमाडौँ । सरकारभित्रै प्रतिपक्षी बन्ने घोषणा गरेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारको प्रवक्ताको अस्थायी पद अस्वीकार गरेका छन । सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त नहुँदासम्मका लागि सोमबारको मन्त्रिपरिषद्को पहिलो बैठकले लामिछानेलाइ सरकारको प्रवक्ता बन्न प्रस्ताव गरेको भए पनि उनले अस्वीकार गरेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।

लामिछानेले गृह मन्त्रालयमा पदभार ग्रहण गर्ने समयमै आफू सरकारभित्रको प्रतिपक्षी हुने घोषणा गरिसकेका थिए । लामिछानेले अस्वीकार गरेपछि सरकारको प्रवक्ताको अस्थायी जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले लिएका छन । उनी मन्त्रिपरिषद्को दोस्रो वरियताका मन्त्री हुन ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार २३:२०