२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ता जिम्मेवारी

११ पुस, काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ता जिम्मेवारी तोकिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी लामिछानेलाई तोकेको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सञ्चारमन्त्री नियुक्त नहुँदासम्म काम गर्ने गरी सरकारको प्रवक्ताको जिम्मेवारी लामिछानेलाई दिएको हो ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १७:३६