२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

उपप्रधान एवं अर्थमन्त्री पौडेलद्वारा पदभार ग्रहण

११ पुस, काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । अर्थमन्त्रीका रुपमा पौडेलको यो तेस्रो कार्यकाल हो ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १८:२६