२५ माघ २०८२, आईतवार | Mon Feb 9 2026

घलेम्दी हाइड्रोले हकप्रद निष्काशन गर्ने

११ पुस, काठमाडाैं । घलेम्दी हाइड्रोले हकप्रद निष्काशन गर्ने भएकाे छ । कम्पनीको पुस ८ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १:२ को अनुपातमा २०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

सांग्रिला ऊर्जा प्रालिद्वारा प्रवर्द्धित संखुवासभामा रहेको छुजुङ खोला जलविद्युत आयोजना (६३ मे.वा.)मा कम्पनीको कम्तीमा ५१ प्रतिशत सेयर कायम हुने गरी लगानी गर्न उक्त हकप्रसद निष्कासन गर्ने प्रस्ताव कम्पनीले गरेको छ।

विद्युत नियमन आयोगले स्वीकृति दिएपछि, कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले हकप्रद जारी प्रक्रिया अगाडि बढाइ छ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १३:४९