२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

सिण्डिकेटधारी व्यवयासीका अघि सरकार लत्रक्क, दशैँको मुखमा १० प्रतिशत भाडा बढ्यो

६ असोज, काठमाडाैँ । सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढेको छ । दुर्इ तिहाइ बहुमतको सरकार सिण्डिकेटधारी व्यवयासीका अघि लत्रक्क भएपछि व्यवसायीले यात्रुलार्इ लुट्ने अवसर पाएका छन ।

दशैँको मुखमा सार्वजनिक सवारीको भाडा बढेपछि उपभोक्ताहरू प्रत्यक्ष मारमा परेका छन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा १० प्रतिशत वृद्धि गर्न सिफारिस गरेको हो ।

हाल कायम भाडामा १० प्रतिशत मूल्यवृद्धि गरी असाेज ७ बाट लागू गर्ने र २०७५ मंसिर २९ गतेसम्ममा वैज्ञानिक भाडादर समायाेजन गर्ने गरी यातायात व्यवसायी र सरकारबीच सहमति भएको छ ।

शनिबार मन्त्रालयमा बसेको नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, उपभोक्ता प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहितको बैठकले १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए।

प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार २१:१४