२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य शाहले लिए शपथ

११ पुस, काठमाडौं । कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य विनोद कुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख तिलक परियारले ज्येष्ठ सदस्य शाहलाई शपथ खुवाएका हुन् । ६६ वर्षीय शाह नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष समेत हुन् ।

कूल ४० सांसद रहेको कर्णाली प्रदेशमा उनी ज्येष्ठ सांसद हुन् । उनी दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा ९ख० बाट निर्वाचित भएका थिए । ज्येष्ठ सदस्य शाहले आजै कर्णाली प्रदेश सभाका ३९ जना सांसदहरूलाई शपथ ग्रहण गराउनेछन् ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १२:२६