८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चासँगै सेयर बजारमा थपियाे उत्साह

११ पुस, काठमाडौँ । साताकाे पहिलाे काराेबारकाे दिन सोमबार सेयर बजारमा उच्च अंकले बढेकाे छ । काराेबारकाे शुरुवाती चरणदेखि नै बजारमा सुधार देखिएको हाे । काराेबार खुलेकाे केही बेर याे समाचार तय गर्दासम्ममा सेयर बजार २०.६३ अंकले बढेको छ ।

अर्थमन्त्रीमा जनार्दन शर्मा बाहिरीने र विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चासँगै सेयर बजारमा उत्साहा थपिएकाे हाे ।  केही समयदेखि सेयर बजार निरन्तर घटेर निराश बनेकाे लगानीकर्ताहरूमा अर्थमन्त्री शर्मा बाहिरीने र अर्थमन्त्रीमा पौडेलक आउने खवरले उत्साहा थपेकाे छ । शर्माका कारण सेयर बजारमा समस्या भएको भन्दै अब सेयर बजार लयमा फर्कने लगानीकर्ताहरू बताउँछन् ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १२:०५