२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

केपी ओलीको कुशल नेतृत्वको परिणामः एमाले सचिव योगेश भट्टराई

११ पुस, काठमाडाैँ । नेकपा (एमाले)का सचिव एवं ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कुशल नेतृत्वका कारण परिणाम निस्किएको बताएका छन । उनले अध्ययक्षले कुशलतापूर्वक नेतृत्व गरेकाले परिणाम आएको उल्लेख गरेका छन ।

सामाजिक सञ्जाल मार्फत सचिव भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने योजना पुस ७ गते नै तयार भएको बताए । उनले  भनेका छन, ‘२०७९ पौष ७ गते बिहान भएको नेकपा एमाले केन्द्रिय सचिवालयको बैठकको मुल स्पिरिट यहि थियो जसलाई अध्यक्ष कमरेड केपी ओलीले कुशलतापूर्वक नेतृत्व गर्नु भयो परिणाम आयो । चुनाव गराउनेको बहुमत नआउनु भनेको नयाँ विकल्पमा जाने जनादेश हो संसदीय लोकतन्त्र भएका मुलुकमा यसलाई स्वभाबिक मान्नु पर्छ ।’

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १०:२७