२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

शेरबहादुर देउवाले राजिनामा नदिए घोक्राएर कांग्रेस सभापतिबाट हटाउने तयारी !

११ पुस, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कारण मुखमा आएको पदहरू सबै गुमेको भन्दै पार्टीका युवा नेताहरूले रोस प्रकट गरेका छन । उनीहरूले सभापति देउवाको राजिनामा माग गरेका छन । युवा नेताहरूको टिप्पणी हेर्दा उनीहरूले देउवाले सहज रूपमा पार्टीको नेतृत्व नछाडे घोक्राएर भएर पनि हटाउने तयारी गरेका छन ।

देउवाकै कारण परमादेशी पाँच दलीय गठबन्धन तोडिएको भन्दै युवा नेता गुरुराज घिमिरेले पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई दुवै पदबाट राजीनामा दिन सुझाव दिएका छन् । उनले एमाले(माओवादी नेतृत्वको नयाँ समीकरण बनेपछि देउवाले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएका हुन । नेता घिमिरेले ट्वीटमार्फत देउवालाई नैतिकताको आधारमा तत्काल राजीनामा  नदिए चाँडै विशेष महाधिवेशन बोलाउने उल्लेख गरेका छन ।

उनले प्रश्न गरेका छन, गठबन्धन गलत भन्दाभन्दै किन गरियो ? घिमिरेले अघि भनेका छन, ‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ। राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ ।’

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १०:१३