२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

मन्त्री छान्न माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

११ पुस, काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । सरकारमा सहभागी हुने केही मन्त्री छान्न बैठक बसिरहेको माओवादी स्रोतले जनाएको छ । मन्त्रालयको भागवण्डाको विस्तृत टुंगो लाग्न बाँकी भए पनि प्रचण्डले आजै सानो आकारको मन्त्रीमण्डल गठनको तयारी गरेका छन । त्यसैका लागि उनले पादधिकारी बैठक राखेर मन्त्री छान्न लागेका हुन ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे विस्तृतमा छलफल भैरहेको छ । आज दिउँसो ४ बजे प्रचण्डको प्रधानमन्त्रीको सपथ लिने कार्यक्रम रहेको छ । बिहान ११ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ । संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकले मन्त्रालयहरूको भागवण्डामा सहमति जुटाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार ०९:४१