२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

एमाले अध्यक्ष ओलीद्धारा उपाध्यक्षद्धय सुवासचन्द्र नेम्वाङ र विष्णु पाैडेलसँग छुट्टै छलफल

११ पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सरकारमा सहभागिताका सम्बन्धमा पार्टीका उपाध्यक्षद्धय सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेलसँग छुट्टै छलफल गरेका छन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गरी नियुक्त गराएसँगै अध्यक्ष ओलीले उपाध्यक्षद्धय नेम्वाङ र पौडेलसँग छलफल गरेका हुन ।

पछिल्लो राजनीतिक घटनाक्रममा बढी भूमिका खेलाका उपाध्यक्ष नेम्वाङ राष्ट्रपति बन्ने चर्चा छ भने पौडेले एमालेको तर्फबाट सरकारमा नेतृत्व गर्ने चर्चा रहेको छ । दुबै नेता विगतदेखि वाम आन्दोलनलाई एकीकृत गरेर लैजानुपर्छ भन्नेमा अडिग रहेका छन । आइतबार राति तीन नेताको बीचमा भएको छलफलमा के निष्कर्ष निस्कियो भन्ने कुरा केही बाहिर आएको छैन ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार ०९:१९