गण्डकीमा एमाले संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत
१० पुस, काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले अधिकारीलाई सर्वसम्वत संसदीय दलको नेतामा चयन गरेको हो ।
उनी गत ४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा कास्कीबाट विजयी भएका थिए ।
प्रकाशित मिति : १० पुष २०७९, आईतवार १६:५८