२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

सरकार गठन पछि राष्ट्रपति र सभामुखका विषयमा छलफल गर्छौंः शंकर पोखरेल

१० पुस, काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले सरकार गठन पछि मात्र राष्ट्रपति र सभामुख लगायतका पद भागवण्डाका विषयमा छलफल गर्ने बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो । सो निर्णयपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले महासचिव पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा र संविधानको धारा ७६ (२)अनुसार नयाँ सरकार गठनको सहमति भएको बताए ।

बैठक सकिएको र शीर्ष दलका नेताहरू राष्ट्रपति निवास शीतल निवासतर्फ जाने भएका छन् । उनका अनुसार १६६ सांसदको समर्थनसहित राष्ट्रपति कार्यालय जान लागिएको हो ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १६:२८