२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने राप्रपाको निर्णय

१० पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा)ले सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको आकस्मिक बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको एक नेताले बताए ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय अब एक घण्टा मात्र बाँकी छ । उक्त समयमा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दै नेताहरु राष्ट्रपति निवास शितल निवास जाने तयारी गरिरहेका छन् ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १६:१३