२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की सर्वसम्मत, मुख्यमन्त्री बन्ने

१० पुस, विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कुमार कार्की सर्वसम्मत चयन भएका छन् । आइतबार बसेको बैठकले कार्कीलाई सर्वसहमत चयन गरिएको एमाले प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।

एमाले प्रदेशसभा सदस्य तिलकुमार नेम्बङ्को प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्कीलाई दलको नेता चयन गरिएको हो । तिलकुमार पनि संसदीय दलको नेतामा आकांक्षी थिए । उनैले कार्कीलाई प्रस्ताव गरेका हुन् । कार्की अब प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्ने भएका छन ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १५:२२