२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

प्रचण्डले छाडेर हिँडेपछि माधव नेपालले भने, हामी प्रतिपक्षमा बस्छाैँ

१० पुस, काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका नेताहरूको बीचमा छाडेर हिडेँपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब कांग्रेससहितको सरकार बन्ने सम्भावना र आफूहरू पनि सरकारमा सहभागी हुने दुबै सम्भावना सकिएको बताएका छन ।

नयाँ सरकार गठनका लागि मुख्य खेलाडीहरू एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेपछि माधव नेपालले समाजवादीको बैठक राखेर नेताहरूलाइ ब्रिफिङ गरिरहेका छन । बैठकमाले उनले अब कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना सकिएको बताएका छन । साधै नेपालले आफूहरूले पनि प्रतिपक्षमा बस्ने बताएका छन ।

प्रचण्डले बालकोटा जाँदा सँगै नलगेकोका कारण नेपालले अब सहकार्य नहुने संकेत गरेका छन । समाजवादीका नेताहरूको बैठक अहिले पनि जारी छ । बैठकमा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, विजय पौडेल र कृष्णबहादुर श्रेष्ठ (किसान)लगायतका नेताहरू छन् ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १५:१८