२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

बालकोटबाट बाहिरिए अशोक राई, सरकारमा सहभागी हुनेबारे पार्टीमा छलफल गर्ने

१० पुस, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष अशोक राई एमाले अध्यक्ष केपी शर्मा ओली निवासबाट बाहिरिएका छन । उनले सरकारमा सहभागिताकाे बारेमा पार्टीमा छलफल गर्ने बताएका छन । यसअघिको पाँच दलीय सत्ता गठबन्धन तोडेर चुनावमा एमालेसँग तालमेल गरेको जसपाले एमालेसहितको सरकारलाइ समर्थन गर्नका लागि पार्टीबाटै निर्णय गर्ने तयारी गरेको छ । त्यसका लागि राइले पार्टीमा बैठक गर्ने बताएका हुन । उनले नयाँ गठबन्धन बन्ने सम्भावना देखिएको बताएका छन ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १५:०९