साउथ अष्ट्रेलियामा तमु ल्होसारको तयारी यस्तो छ
९ पुस, एडिलेड । तमु घी साउथ अष्ट्रेलियाको आयोजनामा डिसेम्वर ३० शुक्रवार तमु ल्होसार पर्वको उपल्यक्षमा एक आयोजना हुने भएको छ । साउथ अष्ट्रेलियामा तमु ल्होसार भव्यताका साथ मनाउन तयारी गरिएको छ । एडिलेडको स्थानिय थेवाटन कम्युनिटीहलमा विहान १० बजेबाट साझ सम्म विविध कार्यक्रम हुने तमु घी साउथ अष्ट्रेलियाकी सचिव अनिता गुरुङले बताइन |
सचिव गुरुङका अनुसार विहान १० वजेबाट ५ बजे सम्म विभिन्न परम्परागत प्रतियोगितात्मक खेलहरुको खेलाइने भएको छ । जसमा गोर्खा लम्जुङ क्षेत्रको एतिहासिक लिगलिग कोटको दौडको संझनामा लिगलिग दौड प्रतियोगिता जसमा पुरुष तथा बालबालिका समुहमा खेल हुने छ । यसै गरि छेलो (सटपुट), डन्डिवियो र भलिवल प्रतियोगिता समेत आयोजना हुने छ ।
भलिवल प्रतियोगितामा विजयी टिमलाई अष्ट्रेलियन डलर ५०० र दोस्रालाई २५०, छेलोमा विजयीलाई १०० डलर, भने दौडका विजयीलाई मेडल तथा प्रमाण पत्र र बालबालिका तर्फका विजयीलाई गिफ्ट प्याकेजहरु प्रदान गरिने भएको छ । प्रतियोगितामा सहभागी हुन भलिवल टिमले १०० डलर र छेलोका सहभागीले ५ डलर शुल्क तिर्नु पर्ने छ । मेलाका रुपमा हुने दिउसोको कार्यक्रममा खेलाडी तथा सहभागीहरुलाई नेपाली परम्परागत खाजा सेल तरकारी नि शुल्क खुवाईने भएको छ ।
साझको ५ शुरु हुने सास्कृतिक कार्यक्रम सहितको औपचारिक कार्यक्रममा विविध तमु संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ भने समापन कार्यक्रममा नेपाली खाना खुवाईने भएको सचिव गुरुङले जानकारी दिएकी छिन् । सचिव गुरुङले प्रवासमा तमु संस्कृतिको संरक्षण गर्दै नेपाली पहिचानलाई अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा स्थापित गर्ने मुख्य उद्देश्य रहेको बताइन ।
उनले पछिल्लो समय यहा जन्मे हुर्केका नया पुस्ता मात्र है उच्च शिक्षा शहरमा अध्ययन गरेर अष्ट्रेलिया आएका भाई बहिनीहरुमा पनि परम्परा वारे एथेस्ट जानकारी नभएको समेत पाईएकाले त्यसका लागि पनि कार्यक्रम आयोजना गरिएको बताईन् । गुरुङले शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ, अनि परम्परा हराए मानिस नै हराउछ भन्ने कार्यक्रमको मुल नारा रहेकाले नै प्रवासमा संस्कृति परम्परा संरक्षणका लागि कार्यक्रम आयोजना गर्न लागिएको बताईन् ।
साउथ अष्ट्रेलियाको नेपाली समुदायका अगुवा समेत रहेका तमु घीका पुर्व अध्यक्ष दिपेन्द्र गुरुङले नेपालीहरु जहा भए पनि आफ्नो परम्परा संस्कार र संस्कृतिबाट टाढा हुन नसक्ने भएकाले बहुसांस्कृतिक देश अष्ट्रेलियामा तमु घीले नेपालको सांस्कृतिक रुपमा सम्पन्न गुरुङ समुदायको संस्कृति झल्कने कार्यक्रम मार्फत नेपाललाई चिनाउने प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको बताए ।
गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्दछ । यस पर्वलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछ । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन चलिआएको छ । गुरुङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित रहेको छ । गुरुङ बाहुल्य गण्डकी क्षेत्रमा सूर्यको किरण पहिले आउने भएकाले विक्रम संवतको पुस १५ मा यो पर्व मनाउने चलन चलिआएको छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले यस पर्वको महत्वका रुपमा लिने गरिएको छ । सचिव गुरुङले एडिलेडमा रहेका नेपाली समुदायलाई स परिवार कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेकी छिन् ।

प्रकाशित मिति : ९ पुष २०७९, शनिबार १६:४५












