अमेरिकामा नेपाली दूतावासको मनी अर्डर र क्यासिएर चेक कर्मचारीको गाडीबाट चोरी
९ पुस, काठमाडाैँ । अमेरिकामा नेपाली दूतावासले उठाएको राजस्व वापतको चके र मनि अर्डर स्लिप हराएको छ । अमेरिकामा रहेको नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै ६ दिन अघि संकलन गरेको चेक र स्लिप हराएको जानकारी दिएको छ । करिब २ लाख डलर बराबरको मनी अर्डर र क्यासिएर चेक हराएको दूतावासका कर्मचारीले बताएका छन ।
अमेरिकाको विभिन्न शहरमा राजस्व वापत उठाईएको चेक र मनि अर्डर एक हप्तापछी हराएको हो । डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अष्टिन र ह्युस्टन शहरमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले शुल्कबापत बुझाएको मनी अर्डर र क्यासिएर चेक चोरी भएको हो ।
दूतावासका कर्मचारीहरु २२ डिसेम्बरमा ह्युस्टनबाट वासिंटन डिसीतर्फ जाने क्रममा पार्किङमा राखिएको गाडी स्थानीय समय अनुशार अपरान्ह १२ बजेर ३ मिनेटमा तोडफोड भइ लुटिएको दुतावासले जनाएको छ । यस्तो छ दूतावासको विज्ञप्ति ।


प्रकाशित मिति : ९ पुष २०७९, शनिबार ०८:१६












