१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

भ्रष्टाचार मुद्दामा नेपाल प्रहरीका एसपी रामेश्वर यादव दोषी ठहर

८ पुस, काठमाडाैं । नेपाल प्रहरीका उपरीक्षक (एसपी) रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले विशेष अदालतको फैसला उल्ट्याउदै यादवलाई दोषी ठहर गरेको हो ।

सिन्धुपाल्चोक प्रहरी प्रमुख रहेका यादवमाथि २०७० सालमा रुपन्देहीमा रहँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषले उनलाई सफाइ दिएपछि अख्तियार सर्वोच्च अदालत पुगेको थियो ।

प्रकाशित मिति : ८ पुष २०७९, शुक्रबार १५:५४