२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

गठबन्धनलाई गोकुल बाँस्कोटाको भनेः देउवाले प्रचण्डलाई प्रधानमन्त्री छोडे हुन्छ

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अब बन्ने सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिन आग्रह गरेका छन् । सत्तारुढ गठबन्धनमा प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा देउवा-प्रचण्डबीच हानथाप परिरहेको बेला नेता बाँस्कोटाले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि प्रचण्डलाई छोडिदिन सुझाव दिएका हुन् ।

बाँस्कोटाले ट्वीटरमा लेखेका छन्, ‘नेपाली राजनीति फेरि पनि च्याखें दाउमै रमाउने देखिँदै छ । विकास, सरल र छरितो सेवा, बेरोजगारी र गरिबीलाई जित्नुपर्ने राजनीतिक दायित्वको जनमतको चाहना केवल सत्ताको छिनाझम्टीमै सकिने भो । अस्थीरता नेपालको अभिशप्त नियति भो । देउवाले प्रचण्डलाई छोडे हुने । गठबन्धन नै गाँठो नपरोस । शुभकामना ।’

प्रकाशित मिति : ८ पुष २०७९, शुक्रबार १२:५५