२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

नरायणगढमा डोजर चल्यो, पुल्चोकका अतिक्रमित घर भत्काइयो (फाेटाेफिचर)

-प्रदिप घिमिरे

८ पुस, चितवन । भरतपुर महानगरपालिका अन्र्तगत चितवनको नारायणगढ–गोन्द्राङ सडक बिस्तारका लागि आज बाट घर भत्काउन सुरु गरीएको छ । ६ लेन सडकको सिमा क्षेत्रभित्र परेका घरहरु भत्काउन थालिएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको छ । यो सडक निर्माणका क्रममा ५८ वटा घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताए ।

ती घरका २० देखि १०० मिटरसम्मका संरचना सडकको क्षेत्रमा पर्ने उनले बताए। ३५ दिनको सूचना जारी गर्दा पनि नभत्काएपछि डोजर लगाएर भत्काउन सुरु गरिएको पौडेलले बताए । ६ लेन सडकको निर्माण कार्य २ वर्ष अघि सुरु भएको हो ।

प्रकाशित मिति : ८ पुष २०७९, शुक्रबार १२:२६