७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

३ कम्पनीले घाेषणा गरे लाभांश, कुनकाे बाेनस र नगद कति ?

८ पुस, काठमाडाैं । एकै दिन ३ कम्पनीले लाभांश घाेषणा गरेका छन् । यी कम्पनीहरूले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरभनीलाइ वितरणा गर्ने लाभांश घाेषणा गरेका हुन् । लाभाैश घाेषणा गर्ने कम्पनीहरूमा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र बुटवल पावर कम्पनी लिमिटेड रहेका छन् ।

१) सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ का लागि सेयरधनीलाइ वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

कम्पनीकाे पुस ७ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

२) साधना लघुवित्त वित्तीय संस्था लिमिटेड

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे । पुस ७ गते बसेकाे कम्पनीकाे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको हाे ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने  छ।

३) बुटवल पावर कम्पनी लिमिटेड

बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ७ गते, बिहीबार बसेकाे कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

प्रकाशित मिति : ८ पुष २०७९, शुक्रबार ११:२०