७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

झिनो अकंले ओरालो लाग्याे सेयर बजार, दुई कम्पनीकाे सेयरमा सकरात्मक सर्किट

७ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झिनो अकंले ओरालो लागेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.०१ अकंले घट्दा १८६७.२१ बिन्दुमा बन्द भएको छ । बिहिबार २४७ कम्पनीको ३१ लाख ११ हजार ८३३ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ११ करोड ९७ लाख ९७ हजार ९२१ रुपैयाँको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेको छ ।  बिहिबार नेपाल टेलिकमको सेयर सर्वाधिक खरिद बिक्री भएको छ ।

यस दिन कम्पनीको सेयर १४ करोड ९९ लाख ५० हजार रुपैयाँको कारेबार भएको हो । यस दिन सिर्जनशिल लघुवित्त र धौलागिरी लघुवित्तको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । बिहिबार आदिखोला लघुवित्तका लगानिकर्ताले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार १५:२३