१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

नुवाकोटकी ममता पुडासैनीको ‘सुसाइट नोट’, परिवारको हैरानी र श्रीमानको कुटाइले आत्महत्या

७ पुस, काठमाडौँ । काठमाडौँको सितपाइमा आत्महत्या गरेकी नुवाकोट बेलकोटगढी ३ की ममता पुडासैनी मुडभरीको ‘सुसाइट नोट’ फेला परेको छ । ममताको मोबाइलमा उनले आत्महत्या अघि रोमनमा लेखेको नोट फेला परेको हो ।

बेलकोटगढी ३ कै रामकृष्ण मुडभरीसँग चार वर्षअघि बिबाह गरेकी ममता श्रीमानसँग विवाद भएपछि महानगरीय प्रहरी वृत कालीमाटी गएको र त्यहाँ प्रहरीको बीचमा श्रीमानले अबदेखि श्रीमतिमाथि दूर्व्यवहार नगर्ने भन्दै सहमति गरेको पाइएको छ ।

प्रहरीको महिला सेलमा उनको मुद्दा चलिरहेकै समयमै पुस ३ गते आइतबार उनले सितापाइलामा रहेको कोठामा आत्महत्या गरेकी थिइन । १५ वर्षकै कलिलो उमेरमा बिबाह गरेकी ममताको श्रीमानले विगत एक वर्षदेखि कुटपिट र परिवारले दूर्व्यवहार गर्दै आएको उनले ‘सुसाइट नोट’मा उल्लेख गरेकी छिन ।

आत्महत्या अघि ममताले श्रीमान र परिवारका चार सदस्यलाई कारबाही गरी आफूलाई न्यायदिन अपिल गरेको पाइएको छ । ममताको ‘सुसाइट नोट’ भेटिएपछि शिक्षक समेत रहेका उनको काका विष्णुप्रसाद पुडासैनीले प्रहरीमा किटानी जाहेरी दिने तयारी गरेको दैनिकीलाई जानकारी दिए ।

२ वर्षको छोरीलाई भने ममताले श्रीमान र उनको परिवारसँग नराखी अनाथालयमा राखिदिन अनुरोध गरेकी छिन । श्रीमान मुडभरीले परस्त्रीसँग सम्पर्क बढाएर बाहिर कोठा नै लिएर राखेपछि परिवारमा बढी समस्या देखिएको परिवारका सदस्यहरूले बताएका छन ।

रामकृष्णले मदिराको मातमा श्रीमतिलाइ सडकमा बोलाएर कुटपिट गर्ने गरेको पनि उनले ‘सुसाइट नोट’मा उल्लेख गरेकी छिन । बिबाहको केही समयपछि नै दाइजोको विषयलाई लिएर रामकृष्णको परिवारले हैरानी दिएको उनले ‘सुसाइट नोट’मा बताएकी छिन ।

आत्महत्या गरेकी ममताको भने पोष्टमार्टमपछि अन्त्यष्टि गरिएको छ । रामकृष्णलाई प्रहरीले पक्राउ गरेको भए पनि अहिले छाडिसकेको छ । ममता चितवनको एक होटलमा अात्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको भतिजी हुन । पुडासैनी परिवारले भने चार वर्षअघि चितवनमा शालिकरामको अत्महत्या हुँदा पनि राजनीतिक संरक्षण गरेर अपराधी जोगाइएको भन्दै अहिले पनि त्यस्तै हुन सक्नेभन्दै शंका गरेका छन । उनीहरूले ममताको न्यायका लागि अपिल गरेका छन ।

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार १३:४०